- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । यही माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता कार्यक्रम आज मंगलबारदेखि शुरु भएको छ । उम्मेदवारी दर्ताका लागि दलहरु तामझामका साथ आयोगको कार्यालय पुग्न थालेका छन् ।
गण्डकी प्रदेशमा एमालेका उम्मेदवारहरु निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराइसकेका छन् । गण्डकीमा एमालेका पुण्यप्रसाद पौडेल, अर्जुनकुमार सुनाम र लीला थनेतले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
आगामी माघ १२ गते तोकिएको मतदान केन्द्रमा बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । आयोगले पुस २० गते उम्मेदवारी दर्ता, २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने समय छुट्याएको छ ।
त्यस्तै २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगको कार्यतालिका छ ।
मतदानका लागि आयोगले प्रदेश १ मा दुई र अन्य ६ वटा प्रदेशमा एक–एक वटा मतदान केन्द्रभित्र दुई/दुई वटा मतदान केन्द्र रहने गरी आठ वटा मतदान स्थलमा १४ वटा मतदान केन्द्र निर्धारण गरेको छ । आयोगले निर्वाचनका लागि प्रदेशसभा सदस्यहरु ४३२ तथा पालिका प्रमुख र उपप्रमुखहरु १४ सय ९३ गरी कुल २०२५ जना मतदाता हुने जनाएको छ ।