arrow

एप्पल बन्यो विश्वकै पहिलो ३० खर्ब अमेरिकी डलरको कम्पनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २० मंगलबार
apple-store.jpg

काठमाडौं । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल विश्वकै पहिलो ३० खर्ब अमेरिकी डलर बराबरको कम्पनी बनेको छ। सन् २०१८ को अगस्तमा १० अर्ब अमेरिकी डलर र सन् २०२० को अगस्तमा २० खर्ब डलरको आँकडा नाघेको एप्पलले सोमबार ३० खर्ब अमेरिकी डलरको आँकडा नाघेको हो।

सोमबार एप्पलको सेयर मूल्य १८२.८८ डलर पुगेसँगै कम्पनीले यो उपलब्धि हासिल गरेको हो । यद्यपि अहिले सेयरको मूल्य केही कम भएको छ।एप्पलको कुल निष्कासित सेयर सङ्ख्या १६ अर्ब ४१ करोड छ ।

एप्पलसँगै अन्य अमेरिकी प्रविधि कम्पनी माइक्रो सफ्टको भ्यालुएसन २५ खर्ब अमेरिकी डलर, अल्फाबेटको २० खर्ब, अमेजनको १७ खर्ब र टेस्लाको १२ खर्ब अमेरिकी डलर रहेको छ।



नयाँ