arrow

राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने तोकियो सीमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २१ बुधबार
rupees.jpg.jpeg
तस्बिर– सांकेतिक

काठमाडौं । १२ माघमा तय भएको राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा तोकिएको छ । निर्वाचन आयोगले एक उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्ने पाउने सीमा तोकेको हो ।

आयोगका अनुसार उम्मेदवारले मतदाता नामावली खरिदमा  १, सवारी साधनरघोडा ७० हजार र सवारी इन्धन (घोडा प्रयोग गरिएकोमा दानासमेत) १० हजार र प्रचार सामग्रीमा १४ हजार ५ सय रुपैयाँ तोकेको छ ।

त्यस्तै, ढुवानी १० हजार, गोष्ठी–अन्तर्क्रिया १ लाख, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यममा १४ हजार ५ सय, कार्यालय सञ्चालनमा ७० हजार, प्रतिनिधि परिचालन ३० हजार र विविध खर्च ३ हजार गरी ३ लाख ५० हजारको खर्च सीमा तोकिएको हो ।

निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ