arrow

बागमतीको नहरमा पेस्तोल सहितको शङ्कास्पद झोला भेटियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २१ बुधबार
Sarlahi.jpg.jpeg

सर्लाही । बागमती सिँचाइ आयोजनाको नहरमा पेस्तोल सहितको झोला फेला परेको छ । लालबन्दी नगरपालिका-३, जब्दी स्थित नहरमा पेस्तोल सहितको शङ्कास्पद झोला भेटिएको हो । काँसघारीमा रहेको झोलाको चेन खुलै रहेकाले टाढाबाट हेर्दा झोलाको माथि नै नलकटुवा पेस्तोल देखिएको प्रहरीले जनाएको छ । 

झोला भित्र विद्युतीय तार तथा अन्य पोकापोकी जस्तो देखिने सामान समेत रहेकाले घटनास्थललाई नियन्त्रणमा लिएर छेउछाउ कसैलाई जान नदिइएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।

झोला शङ्कास्पद देखिएकाले यकिन गर्नका लागि नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइएको छ । शङ्कास्पद झोला देखेपछि बुधबार बिहान स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ