- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । झन्डै दुई महिनादेखि २ सयदेखि ३ सयको हाराहारीमा रहेको दैनिक सङ्क्रमितको सङ्ख्या बढेको छ । भारतलगायत विश्वका अन्य मुलुकमा सङ्क्रमण बढेको देखिएका बेला नेपालमा पनि सङ्क्रमण बढेको हो ।
बुधबार ४ सय ३५ जना नयाँ सङ्क्रमित थपिएका छन् । यसअघि हिजो अर्थात् मंगलबार ३ सय ९३, सोमबार ३ सय २६ र आइतबार २ सय १६ जना नयाँ सङ्क्रमित थपिएका थिए ।
थुप्रै सातायता पहिलो पटक नयाँ थपिने सङ्क्रमितको सङ्ख्या ४ सय नाघेको हो । नयाँ थपिएका सङ्क्रमितमध्ये काठमाडौंमा मात्रै २ सय ९, भक्तपुरमा १८ र ललितपुरमा २६ जना सङ्क्रमित थपिएका हुन् । कुल सङ्क्रमितमध्ये २ सय ५६ जना उपत्यकाका मात्रै हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा २ सय ३९ जना कोभिड१९को सङ्क्रमणबाट मुक्त भएका छन् । यसै समयावधिमा मृत्यु हुनेको सङ्ख्या भने शून्य रहेको छ ।
केही दिनअघि ४ हजारमा झरेको सक्रिय सङ्क्रमित सङ्ख्या पनि बढेर ५ हजार २ सय २५ पुगेको छ ।
हालसम्म नेपालमा ८ लाख ३० हजार २ जनामा पीसीआर र ९६ हजार ३ सय ८३ जनामा एन्टीजेन विधिबाट सङ्क्रमण पुष्टि भएको छ ।
यीमध्ये ८ लाख १३ हजार १ सय ७६ जना निको भइसकेका छन् भने, ११ हजार ६ सय १ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा १० हजार २ सय ६७ जनाको नमुना परीक्षण गरिएको थियो ।