arrow

घरको तीन तला माथिबाट खसेर एक युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २१ बुधबार
Beni.jpg

म्याग्दी । म्याग्दीमा निर्माणाधीन घरको तीन तलाबाट खसेर एक युवकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा म्याग्दी अन्नपूर्ण गाउँपालिका वडा नं. ७ हिस्तानका ४ वर्षीय कृष्ण पुन रहेका छन् । 

बेनी नगरपालिका वडा नं. ७ मंगलाघाटस्थित एक निर्माणाधीन घरमा काम गर्ने क्रममा खसेर उनको मृत्यु भएको हो ।

प्रहरी नायव उपरीक्षक श्यामकुमार राईका अनुसार तीन तला माथिबाट खसेर पुन गम्भीर घाइते भएका थिए । 

पुनको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको म्याग्दी प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ