arrow

पोखरामा ठूलोमात्रामा लागुऔषधसहित तीन जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २१ बुधबार
Pakrauu pokhara.jpg

पोखरा । कास्की प्रहरीले लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखराको हेमजा र पावर हाउसबाट तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौंडाका १९ वर्षीय आशिष अर्याल, पोखरा काहुँखोलाका २५ वर्षीय अनिष खत्री र बागलुङका १७ वर्षका एक किशोर रहेका छन् । 

हेटौंडाका अर्यालको साथबाट लागू औषध डाईजापाम-६५, एम्पुल, फेनारगन-६८ एम्पुल र नर्फिन-७३ एम्पुल गरी जम्मा-२०६ एम्पुल बरामद गरिएको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । 

उनका अनुसार पोखराका खत्रीको साथबाट लागूऔषध डाईजापाम-१५ एम्पुल, फेनारगन-१५ एम्पुल र नर्फिन-१५ एम्पुल गरि जम्मा ४५ एम्पुल बरामद गरिएको छ ।

यस्तै, बाग्लुङका किशोरको साथबाट लागूऔषध डाईजापाम-३२ एम्पुल, फेनारगन-३२ एम्पुल र नर्फिन-३२ एम्पुल गरि जम्मा ९६ एम्पुल बरामद गरिएको डिएसपी तिवारीले बताए।

पक्राउ परेका तिनै जनालाई अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ