- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन अन्तर्गत विहीबार(आज)र शुक्रबार(भोलि) मनोनयन दर्ताको कार्यतालिका राखिएको छ ।
राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्य पदका लागि हुन लागेको निर्वाचनमा हिजो(बुधबार) दाबी विरोध र उजुरी दिन सकिने कार्यतालिका निर्वाचन आयोगले राखेको थियो । आगामी माघ १२ गते हुने निर्वाचनका लागि सड्घीय संसदमा प्रतिनिधित्व गर्ने नै राजनीतिक दलका ४३ उम्मेदवारको मनोनयन दर्ता भएको छ ।
प्राय: सबै प्रदेशमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चाले राष्ट्रिय सभा सदस्य चुनावका लागि तालमेल गरेका छन् ।
तालमेल गरेका दलहरुले आफ्नो उम्मेदवारलाई विजयी गराउन अपिल समेत गरेका छन् । विहीबार विहान बालुवाटारमा बसेको सरकारको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सामूहिक अपिल गरेको हो ।
आयोगको कार्यतालिका अनुसार पुस २३ गते साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने र पुस २५ गते उमेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १९ पदमा ४३ जनाको उम्मेदवारी परेको छ ।