- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालमा थप २४ जनामा कोरोना भाइरसको नयाँ भेरियन्छ ओमिक्रोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै थप २४ जनामा ओमिक्रोन देखिएको बताएको हो ।
पुस महिनामा गरिएको जिन सिक्वेन्सिङमा २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिइएको हो । २४ वटा नमूनाको जिन सिक्वेन्सिङ गर्दा सबैमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयको भनाइ छ ।
‘पुस महिनामा संकलित जम्मा कोरोना भाइरसका ११४६ पोजेटिभ नमूनाहरुको एस जिन स्क्रिनिङ गर्दा २५० वटामा नमूनाहरु एस जिन नेगेटिभ पत्ता लागेको छ । एस जिन नेगेटिभ पत्ता लागेकामध्ये २४ वटामा नमूनाहरुको जिन सिक्वेन्सिङ गर्दा सबै नमूनाहरुमा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको हो,’ मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपालमा पहिलोपटक २० मंसिरमा दुई जनामा ओमिक्रोन पुष्टि भएको थियो । उनीहरू ३ मंसिरमा दक्षिण अफ्रिकाबाट आएका थिए ।