arrow

नेप्सेको सीइओका लागि पाँच आवेदक छानिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २३ शुक्रबार
nepal-stock-exchange-nepse.jpg

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि परेका आवेदनमध्ये पहिलो चरणमा पाँच जना छनोट भएका छन् । 

प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले प्राप्त आवेदकमध्येबाट शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको परीक्षणका आधारमा पाँच आवेदकलाई छनोट गरिएको समितिद्वारा जारी सूचनामा उल्लेख छ ।
    
छनोट भएका उम्मेदवारमा रिब्दीकोट-७ पाल्पा निवासी कृष्णबहादुर कार्की, ललितपुर-२३ निवासी डा केशवप्रसाद श्रेष्ठ, शान्तिनगर झापा निवासी प्रविन पन्दाक, शिवसताक्षी, झापा निवासी रमेश घिमिरे र आँटफैला नवलपरासी निवासी डा रमेशकुमार भण्डारी रहेका छन् ।  
    
समितिको सूचनाअनुसार छनोटमा परेका उम्मेदवारका लागि आगामी आइतबार व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको मिति तय गरिएको छ । सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको आरोप लागेपछि नेप्सेका पूर्वसिइओ चन्द्रसिंह साउदले आफ्नो पदबाट राजीनामा दिएका थिए । त्यसपछि खाली रहेको पदमा नयाँ नियुक्त गर्न छनोट समिति बनाएर उम्मेदवारी माग गरिएको थियो ।
    
समितिले उल्लेखित उम्मेदवारबाट तीन जनाको नाम सिफारिस गर्नेछ र त्यसमध्ये मन्त्रिपरिषद्ले एक जनालाई चार वर्षका लागि नेप्सेको कार्यकारी अधिकृतमा छनोट गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ