- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारीको बेग उर्लिन थालेको छ । आज ९६८ संक्रमित थपिएका छन् । यो पछिल्ला केही महिनादेखिकै बढी हो । १४ हजार ९७१ जनाको परीक्षणबाट ६.४७ प्रतिशतमा संक्रमण थपिएको हो ।
जसमा ८ हजार २७२ पीसीआर परीक्षणबाट ५७२ तथा ६ हजार ६९९ एन्टिजेन परीक्षणबाट ३९६ जना संक्रमित पाइएका हुन् ।
थपिएकामा पीसीआरबाट पत्ता लागेकामध्ये उपत्यकाका मात्रै ३६९ जना हुन् । काठमाडौंका मात्रै २८४ जना थपिएका हुन् । त्यस्तै ललितपुरका ६२, मोरङका २९, भक्तपुरका २३, चितवनका २० र दाङका १५ जना हुन् ।
जम्मा २६२ जनालाई निको भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २ लाख ६३ हजार ३७१ जनाले खोप लगाएका छन् ।
आज कसैको पनि ज्यान भने नगएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म ११ हजार ६०२ जनाको ज्यान गइसकेको छ ।