arrow

उर्लियो कोरोनाको पारो

नेपालमा कोरोनाको रफ्तार बढ्दो, थपिए नौ सय ४४ संक्रमित, परीक्षणको ७.१३ प्रतिशतमा संक्रमण

थपिएकामा उपत्यकाका मात्रै ४८१ जना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २४ शनिबार
corona-omicron-nepal.jpg

काठमाडौं । नेपालमा कोरोना भाइरसको रफ्तार बढ्दो क्रममा रहेको छ । लगातार दोस्रो दिन हजार नजिक संक्रमित थपिएका हुन् । शुक्रबार ९६८ संक्रमित थपिएकामा शनिबार ९४४ संक्रमित थपिएका हुन् । 

तुलनात्मक रुपमा परीक्षण पनि कम गरिएको छ । १३ हजार २६४ जनाको परीक्षण गरिएकामा ७ दशमलव १२ प्रतिशतमा संक्रमण देखिएको हो । ९ हजार ७६२ जनाको पीसीआर परीक्षणबाट ७ दशमलव १३ प्रतिशत अर्थात् ६९६ जना संक्रमित पाइएका हुन् । 

त्यस्तै ३ हजार ५०२ जनाको एन्टिजेन परीक्षणबाट २४८ संक्रमित पाइएका हुन् । 

जम्मा २९७ जनामात्र संक्रमण मुक्त भएका छन् । आज थप कसैको मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

पीसीआर परीक्षणबाट आज थपिएकामा उपत्यकाका मात्रै ४८१ जना हुन् । काठमाडौंका ३६२, ललितपुरका ९४, भक्तपुरका २५ जना हुन् । त्यस्तै कास्कीका २०, कञ्चनपुरका ५१ जना हुन् । 

अहिले सक्रिय संक्रमित बढेर ६ हजार १४० पुगिसकेका छन् । अहिलेसम्म ११ हजार ६०२ को ज्यान गइसकेको छ । 

पछिल्लो २४ घण्टामा २ लाख ४३ हजार ४६० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 



नयाँ