arrow

एक सहकारीको सदस्य अर्को सहकारीको सदस्य बन्न नपाउनु विडम्वनाः मन्त्री खड्का

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २४ शनिबार
Kumar Khdkaa.jpg

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्री कुमार खड्काले सहकारी ऐनमा एक सहकारीको सदस्य अर्को सहकारीमा सदस्य बन्न नपाउने व्यवस्था गरिएको भन्दै आपत्ति प्रकट गरेका छन् ।

पोखरामा आयोजित जिल्ला सहकारी संघ लिमिटेड कास्कीको ४८ औं साधारणसभा उद्घाटन गर्दै मन्त्री खड्काले विगतका केही घटनामा आधारित रहेर नीति निर्माताहरुले ऐन ल्याएको र त्यो जनताका लागि कदापि सही नहुने तर्क गरे । 

उनले धनाढ्यहरुले खोल्ने बैंकमा जति शेयर लिन पाउने, जति वटा बैंकको सञ्चालक हुन पनि पाउने तर एक सहकारीका सञ्चालक अर्को सहकारीको सञ्चालक हुन नपाउने व्यवस्था ठीकै भएपनि सदस्य नै हुन नपाउनु विडम्वना भएको बताए । 

सहकारीले देशको अर्थतन्त्रमा महत्वपूर्ण निकै ठूलो भूमिका खेलेको भन्दै मन्त्री खड्काले सहकारीको दायरा सञ्कुचन होइन फराकिलो बनाउन आवश्यक रहको स्पष्ट पारे ।र

कोरोना महामारीले सहकारी क्षेत्रलाई पनि ठूलो क्षति पुर्याएको भन्दै मन्त्री खड्काले आगामी दिनमा पनि धेरै आशंका र चिन्ता व्याप्त भइरहेकोले सतर्क र सुरक्षित भएर अघि बढ्न आग्रह गरे । 

साधारणसभामा वार्षिक प्रतिवेदन पेश गर्दै संघकी अध्यक्ष सावित्रा कोइरालाले जिल्ला भित्रका सबै प्रकृतिका सहकारी संघसंस्थाको विकास र प्रवर्द्धन गर्नुका साथै आफ्नो व्यवसाय गर्ने उद्देश्यले संघ स्थापना गरिएको र संघले सहकारीमा देखिएका समस्या न्युनिकरण आवश्यक पहल गर्दै आएको जानकारी दिइन् । 

अध्यक्ष कोइरालाले संघको परिसरमा बहुउद्देश्यीय कोशेली घर निर्माण र कोभिडका कारण रोकिएका कामहरु पूरा गर्ने आफ्नो भावी रणनीति बनाएको बताइन् ।

उनले कोराना महामारीले विश्व नै आक्रान्त बनेका बेला सहकारी संस्था पनि अछुतो नरहेको भन्दै कोरोनासंग जुध्न सहकारीले विभिन्न गतिविधि सञ्चालन गरेको बताइन् ।

कार्यक्रममा नेफ्स्कुनका केन्द्रीय सञ्चालक कमलादेवी गिरी, सहकारी म्यानेजर क्लवका अध्यक्ष अपील कोईराला, दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष पुण्य प्रसाद पौडेल, केन्द्रीय दुग्ध सहकारी संघका लेखा संयोजक युवराज पराजुली, गण्डकी प्रदेश रजिष्टार उदयबहादुर पराजुली, सहकारी अध्यक्ष समाजका अध्यक्ष डिल्लीराम बराल लगायतले बोलेका थिए।

संस्थाकी अध्यक्ष सावित्रा कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष छविलाल लामिछानेले स्वागत र सञ्चालन महासचिव दीपक बाँस्तोला र कार्यक्रम सञ्चालन र सद्धान्त वाचन संघकी उपाध्यक्ष अम्विका गौतमले गरेका थिए ।

कार्यक्रममा सहकारीका ज्येष्ठ अध्यक्षहरु फेवा बचत तथा ऋण सहकारीका अध्यक्ष क्या चन्द्र बहादुर गुरुङ, किसान जागरण बहुमुखी सहकारीका अध्यक्ष दुर्गादत्त न्यौपाने, जनसेवा सहकारीका अध्यक्ष केशरबहादुर अधिकारी, माछापुच्छ्रे सहकारीका अध्यक्ष हेरम्वराज पराजुली, श्री भण्डार पटनेरी बहुउद्देश्यीय सहकारीका अध्यक्ष बालकृष्ण आचार्य, पोखरा रोयल सहकारीका अध्यक्ष मेजर तुलसी प्रसाद गुरुङ, गुण्टेचौर दुग्ध उत्पादक सहकारीका अध्यक्ष नरहरि चुवाइ र जनसेवा सहकारीका अध्यक्ष भीमप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो ।

साथै विभिन्न दुग्ध उत्पादक सहकारीलाई दूधका क्यान प्रदान गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ