arrow

तनहुँमा सवारी दुर्घटना, चालकको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २५ आइतबार
accident-2.jpg

तनहुँ । तनहुँमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका वडा नं. ६ अकलाका ५३ वर्षका हरिबहादुर थापा रहेका छन् । 

उनी सवारी चालक भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग३च ३७७८  नं. को पिकप भ्यान आज बिहान ३ बजे व्यास नगरपालिका वडा नं. १ तालघरेस्थित सडकमा पल्टिएको थियो ।

घटनामा परी गम्भीर घाइते भएका थापाको दमौली अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ