arrow

राष्ट्रिय सभा निर्वाचन: उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गरिंदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २५ आइतबार
election-commission167.jpg

काठमाडौं । यही माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ ।

निर्वाचन आयोगका अनुसार सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमार्फत् अन्तिम नामावली प्रकाशन हुनेछ ।

बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै आइतबार नै मध्यान्ह १२ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि राष्ट्रिय सभा सदस्यमा ९ दलका ४३ जनाले उम्मेदवारी दिएका छन् ।

चुनावका लागि स्थानीय तहमा १ हजार ४ सय ९३ जना र प्रदेश सभामा ५ सय ३२ गरेर २ हजार २५ मतदाता छन् । तोकिएका मतदान केन्द्रमा माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

चुनावबाट ७ महिला, ३ दलित, २ अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ