- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्राडा. सन्दूक रुइत द एचआरएम नेपाल अवार्डस् फर कर्पोरेट एक्सिलेन्स एण्ड द एचआरएम नेपाल अवार्डस् फर डिस्टिङ्गुइज्ड सर्भिस २०२१ इन्स्टिच्युसन बिल्डर पुरस्कारबाट सम्मानित भएका छन् । आँखा रोग विशेषज्ञ रुइतसँगै तिलगंगा आँखा प्रतिष्ठानले एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२१ हेल्थ सर्भिस अवार्ड प्राप्त गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त पुरस्कार वितरण गरेका हुन् । नेपालको निजी क्षेत्रमा उत्कृट कार्य गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योजदान गर्ने संस्था तथा व्यक्तिहरुको सम्मान गर्नका लागि यस कार्यक्रमको आयोजना गरिएको हो ।
यस्ता कार्यक्रमले समाजमा सबैको मनोवल बलियो पार्नुको साथै समाजमा राम्रो काम गर्नका लागि प्रेरित र प्रोत्साहन पनि गर्दछ भन्ने मान्यता आयोजकको रहेको छ । ग्रोथ सेलर्सकोभगेनी संस्था करपोरेट कल्व प्रालिले गत शुक्रबार काठमाडौंस्थित द सोल्टी काठमाडौंमा द एचआरएम नेपाल अवार्डस् फर कर्पोरेट एक्सिलेन्स एण्ड द एचआरएम नेपाल अवार्डस् फर डिस्टिङ्गुइज्ड सर्भिस २०२१ समारोह सम्पन्न गरेको हो ।
आगामी दिनमा यस कार्यक्रमलाई विभिन्न क्षेत्रमा लागिपरेका सबैको साझा कार्यक्रम बनाउने विश्वासका साथ अघि बढेको आयोजक कमिटीका अध्यक्ष मोहन ओझाले जानकारी गराए । यस कार्यक्रमको तयारी पछिल्लो छ महिनादेखि नै शुरुआत भएको र निर्णयक मण्डलले पाँच महिनादेखि काम गरेको पनि बताइएको छ ।
निर्णायक मण्डलको नेतृत्व काठमाडौं युनिभर्सिटी व्यवस्थापन संस्कायका पूर्व डिन प्राडा सुवास केसीले गरेका थिए । सदस्यमा सरकारका पूर्व सचिव पुण्यप्रसाद न्यौपाने, त्रिविविकी प्राडा रिता श्रेष्ठ, सफल पार्टनरका सीईओ आषुतोश तिवारी, पूर्व बैंकर वर्षा श्रेष्ठ र पत्रकार मुकुल हुमागाई रहेका थिए ।