arrow

उपत्यकाका तीन जिल्लामा पाँच सय बढी संक्रमित, देशभर दुई जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २५ आइतबार
nepal-corona.jpg

काठमाडौं । नेपालमा कोभिड १९ संक्रमण बढ्दै गएको छ । हाल उपत्यकाका तीन जिल्लामा पाँच सय बढी संक्रमित संक्रमित रहेका छन् । देशभरमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरूमा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर रहेका छन् । साथै दुई सयभन्दा बढी उपचारार्थ संक्रमित रहेका जिल्लाहरूमा सुनसरी, कास्की, बाँके र कैलाली छन् । 

पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६०४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप एक हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ६३२ जनाको नमुना परीक्षण गरिएको थियो । आठ हजार ८४८ जनाले पिसिआर र तीन हजार ७८४ जनाले एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

गत २४ घण्टामा २२४ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख १४ हजार २३० पुगेको छ । नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा आठ लाख ३२ हजार ५८९ र एन्टीजेन विधिबाट परीक्षण गरिँदा ९७ हजार ४१५ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । 

पिसिआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४९ लाख २८ हजार ६२४ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ५८ हजार ३७९ पुगेको छ । कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा ४५ हजार ४९३ रहेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या छ हजार ७५५ रहेको छ । 

हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा १६ र आइसियुमा ७७ जना रहेका छन् । होम आइसोलेसनमा छ हजार १२७, संस्थागत आइसोलेसनमा ६२८ र क्वारेनटिनमा ११३ रहेका छन् । 

शून्य संक्रमित रहेका जिल्लाहरूमा मनाङ, मुस्ताङ र र मुगु रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौंमा दुई हजार ९०, ललितपुर ८०३ र भक्तपुरमा ५८८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 



नयाँ