arrow

कोरोना बढेपछि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीसीको निर्णय, २५ जना बढी भेला हुन नपाइने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २५ आइतबार
ccmc-meeting-2022.jpg
तस्बिर– फाइल

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै विद्यालयहरु बन्द हुने भएका छन् । कोरोनाको रोकथामका लागि भन्दै आज बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । सोमबार (भोलि) देखि नै लागू हुने गरी शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको हो । 

पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले अरु क्षेत्रभन्दा पहिले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । त्यस्तै अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने, मेला महोत्सव रोक्नका लागि गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णयसमेत सीसीएमसीसीले गरेको छ ।

माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने छ । सीमानाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।

तत्काल स्मार्ट लकडाउन गर्ने बारेमा भने कुनै निर्णय भएको छैन । सीसीएमसीसी बैठकले प्रमुख जिल्ला अधिकारीले जिल्लामा संक्रमणको अवस्था हेरेर स्मार्ट लकडाउन गर्न सक्ने गरी निर्णय गरेको छ । 

सीसीएमसीसीको बैठकले निर्णय गरी सरकारलाई सिफारिस गरेको भए पनि सरकारले भने अझै निर्णय गरिसकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ