arrow

‘लाउरे’को प्रहरी हिरासत बसाइ लम्बियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २५ आइतबार
Lahureeee.jpg

पोखरा । चर्चित -यापर आशिष राना ‘लाउरे’ को प्रहरी हिरासत बसाई लम्विएको छ । जिल्ला अदालत कास्कीले उनलाई थप १७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको छ ।

यसअघि अदालतले उनीहरुलाई आठ दिन हिरासतमा राख्न अनुमति दिएकामा सो म्याद सकिएपछि प्रहरीले थप १७ दिन हिरासतमा राख्न अनुमति माग गरेको थियो ।

उनी लागुऔषध मुद्धामा पुस १४ गते राति पक्राउ परेका थिए । लाउरेसंगै पक्राउ परेका अन्य तीन जनाको पनि हिरासत बसाइ लम्विएको छ ।

लाउरेसहित पक्राउ पर्नेमा पोखरा ११ का ३९ वर्षीय ध्रुबबहादुर थापा, पोखरा ७ का ३० वर्षीय नवीन गुरुङ र पोखरा ८ सभागृहकी २२ वर्षीय सुस्मिता गुरुङ छन् । उनीहरु लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका थिए ।

पक्राउ परेकामध्ये नवीन गुरुङको साथबाट ०.५१ ग्राम र सुस्मिता गुरुङको कोठामा १२.५० ग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुबाट डिजटल तराजु एक थान, ३८ हजार ३५० रुपैयाँ नगद, पाँच सेट मोबाइल र एउटा स्कुटर बरामद गरेको छ ।

कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीका अनुसार लागू औषधसम्बन्धी मुद्दाका अभियुक्तलाई ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिन्छ ।

लाउरेसहितको समूहले लागुऔषध कारोबार गरेको पुष्टि भएमा पाँच वर्षसम्म जेल चलान हुन सक्ने डिएसपी तिवारीको दावी छ ।

उनका अनुसार उनीहरुले लागुऔषध सेवनमात्रै गरेको पुष्टि भएमा एक वर्ष कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान छ । लाउरेलाई कास्की प्रहरीमा भिआइपीको सुविधा प्रदान गरिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ