- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कोरोन भाइरस संक्रमणको जोखिम बढेको भन्दै सरकारले कडाइ गर्न थालेको छ । कोभिड १९ व्यवस्थापन समिति (सीसीएमसीसी)को बैठकले २५ जना भन्दा बढीलाई भेला हुन नदिने नियम ल्याएको छ ।
कोरोना नियन्त्रणका लागि आइतबार विभिन्न १३ वटा सिफारिस सार्वजनिक गर्दै २५ जना भन्दा बढीलाई भेला हुन नदिन गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।
त्यस्तै सार्वजनिक स्थलमा माघ ७ गतेदेखि कोभिड कार्ड अनिवार्य गर्न गृहलाई निर्देशन दिएको छ । देशभरका आधारभूत र माध्यमिक विद्यालय माघ १५ गतेसम्म बिदा दिन शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ ।