arrow

अमेरिकी राष्ट्रपति निर्वाचन : सर्वेक्षणमा हिलारी क्लिन्टन आठ अंकले अगाडि

logo
प्रकाशित २०७३ साउन १८ मंगलबार
hilary.jpg.jpeg
वासिङ्टन । अमेरिकी राष्ट्रपतिको निर्वाचनका लागि सर्वेक्षणमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टन अगाडि देखिएकी छिन् । क्लिन्टनको समर्थनमा पाँच अङ्क बराबरको समर्थन थप भएको छ ।
 
यसअघि क्लिन्टनको पक्षमा तीन अंक रहेको थियो । योसंगै रिपब्लिकन पार्टीका उम्मेदवार डानियल ट्रम्पलाई झड्का लागेको छ । 
 
आदिवासी अमेरिकीहरुले हेर्ने दृष्टिकोण डेमोक्रेटिकको उम्मेदवार हिलारीका लागि समस्या भए पनि फिलाडेल्फियामा भएको डेमोक्रेटिक पार्टीको अधिवेशनले यसलाई केही हदमा घटाउन मद्दत गरेको मत सर्वेक्षणले बताएको छ ।
 
मतदानका लागि नाम दर्ता भएका ५० प्रतिशत मतदाताको क्लिन्टनलाई हेर्ने दृष्टिकोण नकारात्मक रहेको भए पनि ३५ प्रतिशत भने उनका आत्मिय प्रशंसक छन्, सीबीएस सर्वेक्षणले बताएको छ ।
 
अधिवेशनमा क्लिन्टनको उम्मेदवारीबारे भएको छलफल र डेमोक्रेटिकको तर्फबाट राष्ट्रपतिको आधिकारिक उम्मेदवारी घोषणापश्चात उनको समर्थनमा थप पाँच प्रतिशतले वृद्धि हुँदा उनीप्रति नकारात्मक विचार राख्ने सङ्ख्या छ प्रतिशतले घटेको छ ।
 
यो मत सर्वेक्षण जुलाई २९, ३० र ३१ मा एक हजार ३९३ वयष्क मतदाताबीच लिइएको थियो । यसमा तीन प्रतिशत नम्बर बराबरकोे बदर मत हदका लागि छुट्टाइएको थियो । 
 
अमेरिकी राष्ट्रपति निर्वाचनमा हिलारी विजयी भए अमेरिकाको इतिहासमा पहिलो महिला राष्ट्रपति बन्ने कीर्तिमान रच्नेछिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ