arrow

कालिजको शिकार गर्ने क्रममा गोली लागेर मनोजको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २६ सोमबार
banduk.jpg

स्याङ्जा । स्याङ्जामा गोली लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा आँधिखोला गाउँपालिका वडा नं. १ कालिखर्कका २७ वर्षीय मनोज विक रहेका छन् ।

कालिखर्क जङगलमा यही पौष २० गते राति कालिजको शिकार गर्ने क्रममा गोली लागेर बिकको मृत्यु भएको हो ।  भरुवा बन्दुकको छर्रा लागेर विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ । 

घटना पश्चात् फरार ६ जना युवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय स्याङजाका डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । 

अधिकारीकाअनुसार पक्राउ पर्नेमा आँधीखो ल०१ बस्ने बर्ष २७ को सूर्य भन्ने भीमबहादुर सुनार, सोही ठाउँकै १८ वर्षीय सुनिल विक, २४ वर्षको दिनेश भन्ने रेवत पौडेल र बर्ष ३७ को धन बहादुर विक छन् ।

यस्तै, सोही ठाउँका बर्ष २४ का गोविन्द अधिकारी र २८ वर्षीय साजन कामीलाई रूपन्देही जिल्लाको बुटवल बसपार्कबाट पक्राउ गरिएको छ । 

पक्राउ परेकालाई ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दा दर्ता गरी स्याङ्जा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको डिएसपी अधिकारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ