arrow

सीजीको ‘सीजी मेरिडिया’ प्रिमियम टिभी आजबाट बजारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २६ सोमबार
meridia-tv-cg.jpg

काठमाडौँ। चौधरी ग्रुपको सीजी ब्रान्ड अन्तर्गत सीजीले आफ्नो ‘सीजी मेरिडिया’ प्रिमियम टिभी आजबाट बजारमा ल्याएको छ। कला र प्रविधिको उत्कृष्ट मिलन मान सकिन्न सीजी मेरिडियाको यस टिभी ‘बेजललेस डिजाइन’ मा ल्याएको हो। यो डिजाइनले अगाडिको भागलाई पूर्ण रूपमा स्क्रीनमात्र बनाउन मद्दत पुर्‍याएको छ। 

सीजीका अनुसार आकर्षकताका लागि ‘डायमन्ड कट’ डिजाइन प्रयोग गरिएको यो टिभी रोमान्टिक आइफिल टावरको स्ट्यान्डबाट प्रेरित सीजी ब्रान्डको लक्जरी उत्पादनहरूमध्ये एक हो।
 
शुरूआती दिनदेखि नै सीजी ब्रान्डले नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको दाबी गर्दै सीजीले प्रविधिको क्षेत्रमा नवीनता र आयाम भित्र्याउँदै नेपालीको मनमा बस्न सफल भएको पनि बताएको छ।
 
कस्तो छ सीजी मेरिडिया ? 
 सीजीका अनुसार बजारमा आएको सीजी मेरिडिया अल मेटल फ्रेम टिभी अत्यधिक उत्कृष्ट प्रविधिबाट तयार पारिएको टिभी हो। यस टिभीको मुख्य आकर्षण पूर्ण रूपको स्क्रिन हो जसले गुणस्तर तस्बिर, फराकिलो दृश्य, इन्टिग्रेटेड अडियो जस्ता विशेषताहरू प्रदान गर्दछ। 

मेरिडिया टिभीको हो अर्को आकर्षक विशेषता ‘स्ट्रीमलाइन कभर’ प्रविधि जसले ग्राहकलाई वेब एक्सेसको सुविधा प्रदान गर्दछ। उक्त टिभीमार्फत ग्राहकले सजिलै युट्युब र आफ्ना सामाजिक सञ्जालमा प्रवेश गर्न पाउने छन् भने गुगल प्लेस्टोर र एपल स्टोरबाट आफूले चाहेका एड्सहरू डाउनलोड गर्न सक्नेछन्। 

प्रिमियम उत्पादनहरूमध्ये एक पर्ने यस टिभीको इन ब्यूल्ट साउन्डबार स्पिकर पनि अर्को लोभलाग्दो पक्ष हो जसले ग्राहकलाई भर्चुअल रूपमा घेर्ने, प्रस्ट र थियेट्रीक साउन्ड प्रदान गर्दछ । फ्रेमका लागि अल मेटल अवधारणाले यस टिभीलाई झनै आकर्षक र स्निग्ध बनाएको छ। 
 
त्यसै गरी मेरिडिया टिभीका अन्य विशेषताहरू जस्तै–कर्भ स्ट्यान्ड, पातलो बनावटले यस टिभीलाई वाल–माउन्ट का लागि अत्यन्तै सही, सुरक्षित, र व्यवहारिक टिभी रहेको कम्पनीले बताएको छ। 

सीजी ब्रान्डले आउने दिनहरूमा सीजी मेरिडिया प्रिमियम सेगमेण्ट अन्तर्गत अरू पनि थुप्रै प्रिमियम उत्पादनहरू बजारमा ल्याउने जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ