- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले पुस २७ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आइतबार एक सूचना निकालेर पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
पृथ्वीनारायण शाहप्रति सम्मान गर्दै सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरप्रमुख दिलिपप्रताप खाँडद्धारा जारी सूचनामा भनिएको छ ।