arrow

विज्ञ भन्छन् -'ओमिक्रोन डेल्टा भेरियन्ट भन्दा चाँडो फैलिइरहेछ'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २६ सोमबार
omicron.png

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टा भेरियन्ट भन्दा एकदमै चाँडो फैलिइरहेको विज्ञले बताएका छन् ।  कोभिड १९ भाइरस विज्ञ डा.रमेश आचार्यले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टा भेरियन्ट भन्दा एकदमै चाँडो फैलिइरहेको बताएका हुन् । ‘ओमिक्रोन डेल्टा भेरियन्ट भन्दा एकदमै चाँडो फैलिएको छ । पत्ता लागेको डेढ महिनामा धेरै देशमा पुगिसकेको छ,’ उनले भने ।  

नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाएको मध्ये पनि कति प्रतिशत एन्टीबडी उत्पादन भयो त्यो कसैलाई थाहा नभएको भन्दै उनले खोप लगाएकाहरू पनि सचेत हुनुपर्ने बताए ।  ओमिक्रोन भेरियन्ट अहिले संसार भरीमा भेरोसिल्ड खोप भन्दा फाइजर, जोनसोन र मोर्डना खोपमा कम असर देखिएको डाटा उल्लेख गरे । ज–जसले दोस्रो डोज लगाएका सबैले तेस्रो डोज ‘बुस्टर’ लगाउन पर्ने डा.आचार्यले सुझाव दिए । 

अन्य देशमा २ वर्ष देखि ११ वर्ष मुनिका उमेर समूहका धेरै बालबालिकाले खोप लगाएको भन्दै उनले नेपालका बालबालिकाहरूलाई पनि तुरुन्तै खोपको व्यवस्थापन गर्न सरकारसँग आग्रह गरे । ओमिक्रोन र डेल्टा भेरियन्ट मिक्स भएर आएमा अहिले लगाएको खोपले काम नगर्ने उनको भनाई थियो । 

धेरै देशमा ओमिक्रोन भेरियन्टका खोकी लाग्ने, नाकबाट पानी, धेरै ज्वरो र घाँटी दुख्ने जस्ता लक्षणहरू देखिएको पनि जानकारी दिए । पछिल्लो समयमा खोपको कारण बिरामीहरूलाई आइसीयु र भेन्टिलेटरमा जानबाट जोगाएको समेत उनले जिकिर गरे । 

उनले नेपालमा कन्ट्याकट्रेसको राम्रो जाँच नभएको भन्दै उनले भारत र नेपालको बोर्डरमा कडाइ नभएको समेत गुनासो गरे । अन्तर्राष्ट्रिय बोर्डरबाट आउने यात्रुहरूलाई १४ दिन निगरानीमा राख्न पर्ने धारणा राखे । मास्क, सामाजिक दुरी कायम, स्यानीटायजरको प्रयोग गरेर भाइरसबाट जोगिन सबैलाई आग्रह गरे ।  नेपालीहरूले आफ्नो परिवारमा कसैको मृत्यु नभएसम्म रोगसँग नडराउने प्रवृत्ति रहेको पनि सुनाए । 

उनले ओमिक्रोनको नियन्त्रण लकडाउन मात्र नभएको बताए । लकडाउन गरेर आफ्ना जनतालाई सुरक्षित राख्न सकको देश चाइना मात्रै भएको बताउँदै डा.आचार्यले अरू देश लकडाउनमा असफल भएको बताए । ओमिक्रोन डेल्टाभन्दा कम सङ्क्रामक भएको कारण मृत्युदर कम हुने उनको भनाई थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ