arrow

पोखरा महोत्सव स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २६ सोमबार
Pokhara mahotsab.jpg

पोखरा । ११ औं संस्करणको पोखरा महोत्सव अन्तिम समयमा आएर स्थगित भएको छ । आयोजक संस्था युनाइटेड क्लव पोखराले विज्ञप्ति जारी गर्दै महोत्सव स्थगित भएको जानकारी गराएको हो ।

आगामी पुस २८ देखि माघ ९ गतेसम्म आयोजना गरिएको थियो । नेपाल सरकारको कोभिड संकट ब्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णयलाई पूर्णरुपमा पालना गर्दै महोत्सव स्थगित भएको आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा बुक गरिसकिएका स्टल ब्यवसायीहरुलाई अर्को सूचना जारी भएपछि पुनः सोही स्टल उपलब्ध गराउने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ