arrow

अर्थतन्त्रको तीन खम्बामध्ये एक सहकारी : मुख्यमन्त्री राउत

logo
निरञ्जनकुमार साह,
प्रकाशित २०७८ पुष २६ सोमबार
sahakari-lalbabu.PNG

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ग्रामीण जनताको जीवनस्तर उकास्नमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । 

सोमबार राष्ट्रिय सहकारी बैङ्क लिमिटेडको १८औँ वार्षिक साधारण सभालाई उद्घाटन गर्दै मुख्यमन्त्री राउतले ग्रामीण जनताको आय स्तर उकास्नका साथै उनीहरूको जीवनशैली परिवर्तनमा पनि सहकारीको भूमिका महत्त्वपूर्ण रहेको बताए।

अर्थतन्त्रको तीन खम्बामध्ये एक सहकारीले संविधानले पनि स्वीकार गरिरहेको जिकिर गर्दै उनले थोरै पुँजीलाई एकत्रित गरेर आमजनताले सहकारीमार्फत लाभान्वित भइरहेको जानकारी गराए।

सहकारीमा प्रदेश र स्थानीय सरकारको पनि पुँजी लगानी हुनुपर्छ, उनले भने–यसरी लगानीले अझै बढी जनता लाभान्वित हुन्छन् । सहकारी सम्बन्धी ऐन ल्याएर सरकारले आफ्नो तर्फबाट सहयोग गर्ने मुख्यमन्त्री राउतले बताए। सहकारी विज्ञहरूसँग छलफल गरेर मात्रै सहकारी सम्बन्धी ऐन ल्याउने उनले जानकारी दिए।

राष्ट्रिय सहकारी बैङ्क लिमिटेडका अध्यक्ष केबी उप्रेतीले राष्ट्रिय सहकारी बैङ्क लिमिटेडको आर्थिक वर्ष २०७७।०७८ आय व्यय विवरण प्रस्तुत गरेका थिए ।

उद्घाटन सत्रमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य एवम् राष्ट्रिय सहकारी बैङ्क लिमिटेड धनुषाका सल्लाहकार शिवचन्द्र चौधरीले सहकारीले समाजमा गर्नुपर्ने योगदान अझै गर्न नसकेको बताए । उनले सहकारीमा अहिले बढेको विकृतिलाई हटाए मात्रै सामाजिक रूपान्तरणमा सहकारीको भूमिका महत्त्वपूर्ण हुन सक्ने जिकिर गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ