arrow

सक्रिय संक्रमित ८ हजार नजिक, काठमाडौंमा मात्रै दुई हजार ६५५ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २६ सोमबार
nepal-corona.jpg

काठमाडौं । नेपालमा कोभिड १९ का सक्रिय सङ्क्रमितको सङ्ख्या करिब ८ हजार पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ८५५ रहेको छ । जस मध्ये दुई हजार ६५५ संक्रमित काठमाडौंमा रहेका छन् । 

साथै हाल देशभरमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर र भक्तपुर छन् । भने दुई सयभन्दा बढी संक्रमित रहेका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली छन् । संक्रमित नरहेका जिल्लामा मुस्ताङ र र मुगु छन् । 

उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा दुई हजार ६५५, ललितपुरमा नौ सय र भक्तपुरमा ६३३ सक्रिय कोरोना सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । 

देशभर पछिल्लो २४ घण्टामा थप एक हजार ४४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ११ हजार ४२९ जनाको कोरोना परीक्षण गरिएको थियो । 

आठ हजार ९६५ जनाको पीसीआर र दुई हजार ४६४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस अवधिमा २५५ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख १४ हजार ४८५ पुगेको छ । निको हुने दर ९७ दशमलव सात प्रतिशत छ । 

नेपालमा पीसीआर विधिबाट परीक्षण गर्दा आठ लाख ३३ हजार ९४६ र एन्टीजेन विधिबाट परीक्षण गर्दा ९७ हजार ५०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४९ लाख ३७ हजार ५८९ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ६० हजार ८४३ पुगेको छ । कोभिड–१९ विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा दुई लाख १० हजार ५९४ छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६०६ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत छ । हाल भेन्टिलेटरमा १६, आइसियूमा ६७, होम आइसोलेसनमा सात हजार २४५, संस्थागत आइसोलेसनमा ६१० र क्वारेनटिनमा ११३ संक्रमित छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ