arrow

पाठेघरको क्यान्सर भएको कसरी थाहा पाउने ?  

logo
डा. ज्योत्सना शर्मा,
प्रकाशित २०७८ पुष २७ मंगलबार
dr=jotsana sharma.jpg

काठमाडौं ।  क्यान्सर भनेको जुनसुकै अङ्गमा सामान्यभन्दा धेरै कोषिका बढ्ने हो । अक्सर महिलाहरू पाठेघर क्यान्सरको जोखिममा हुन्छन् । पाठेघरको क्यान्सरअन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख हो । 

ह्युमन प्यापिलोमा भाइरसका कारणले पाठेघरको मुखको क्यान्सर भएको पाइन्छ । यसका साथै धेरै जना पुरुषसँग यौन सम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि यो क्यान्सर हुनसक्छ । महिलामा हुने सम्पूर्ण क्यान्सरमध्ये स्तन क्यान्सर, फोक्सोको क्यान्सर र तल्लो आन्द्राको क्यान्सरपछि पाठेघरको क्यान्सर चौथो नम्बरमा पर्छ । 

जब पाठेघरमा असामान्य कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुन्छन्, तब पाठेघरको क्यान्सर हुन्छ । डिम्बाशयको क्यान्सर र पाठेघरको मुखको क्यान्सरपछि पाठेघरको क्यान्सर नै प्रजनन प्रणालीको क्यान्सरबाट हुने मृत्युको तेस्रो कारक तत्त्व हो । यद्यपि यसलाई प्रारम्भिक अवस्थामै पत्तो लगाउन सकियो भने उपचार सम्भव हुन्छ । त्यसैले महिलामा हुने केही त्यस्ता लक्षण छन्, जसले पाठेघर क्यान्सरको सङ्केत गर्छ । यदि त्यस्तो सङ्केत देखापरेमा सतर्क रहनुपर्छ । चिकित्सकीय परामर्श लिनु पर्छ ।   

यो जनावरी महिना भनेको क्यान्सरको जागरुपताको महिनाको रूपमा राखिएको छ । पाठेघरको मुखको क्यान्सर सातौँ कमन क्यान्सर हो र यो चाहिँ महिलाहरूमा चौथो मा पर्ने गर्दछ । विकसित मूलकको कुरा गर्ने हो भने यो रोगबाट बच्नका निम्ति भ्याक्सिन लगाउने गरिन्छ जुन ५ देखि १५ वर्ष उमेर वर्गका बच्चाहरूलाई २ डोज खोप र १५ देखि २६ उमेर वर्गका मानिसहरूलाई ३ डोज खोप लगाउने गरिन्छ । त्यस्तै २६ वर्ष भन्दा माथिका उमेर पुगेका मानिसहरूले भ्याक्सिन लगाएता पनि भ्याक्सिनको प्रभाव नदेखिने भएकाले सङ्क्रमण छ या छैन भनेर परीक्षणबाट पत्ता लगाउन सकिन्छ । यस भाइरसले भविष्यमा क्यान्सरको सम्भावना कति छ भन्ने कुरा परीक्षण गरेर थाहा पाउन सकिन्छ ।  

९० प्रतिशत महिलामा असामान्य रूपमा योनिबाट रक्तस्राव हुन्छ । महिनावारी हुने समयभन्दा धेरै दिन धेरै मात्रामा, रगतको कालो ढिका जस्तो, कहिलेकाहीँ पानीजस्तो रक्तस्राव हुन्छ । त्यस्तै महिनामा दुई–तीन पटक महिनावारी हुने, यौन सम्पर्कको समयमा वा सम्पर्कपछि रक्तस्राव हुने आदि यसका लक्षणहरू हुन् । 

कस्तो अवस्थामा यसको परीक्षण गर्ने त कस्ता रहन्छन् यो क्यान्सरको लक्षणहरू 
महिनावारी नभए पनि बिचमा रगत देखिनु,  यौन सम्पर्क गर्दा रगत देखिने, सेतो र गन्हाउने पानी आउने, तल्लो पेट लगातार दुख्ने, ढाड दुख्ने, थकाई बढी लाग्ने,  लामो समय सम्म खाकी निको नहुने र तौल घट्दै जाने लगायत लक्षणहरू देखिएमा तत्काल प्याबस्मेयरको परीक्षण गराउनु पर्दछ । यो परीक्षणले सङ्क्रमितको क्यान्सरको कुन अवस्था छ भन्ने पत्ता लगाउन सकिन्छ ।  

पाठेघरको मुखको क्यान्सर महिलाले असुरक्षित धेरै व्यक्तिसँग यौन सम्पर्क राखेमा, सानै उमेरमा विवाह गरेमा, सानो उमेरमै यौन सम्पर्क राखेमा, सानै उमेरमा बच्चा जन्माएमा, धेरै गर्भधारण गरेमा, धूम्रपान गरेमा हुने गर्दछ ।  त्यसैले हरेक महिलाहरूले कम्तीमा वर्षमा एक पटक स्त्री रोग सम्बन्धीका डाक्टरहरूलाई भेटेर जाँच गर्न जरुरी छ । यो परीक्षणले भविष्यमा हुने धनजन र खतराबाट बचाउँदछ । हामीले हामी कहाँ आउने महिला दिदी बहिनी आमाहरूलाई यस्ता रोगबाट आउने खतरा लक्षण र सावधानका उपायहरूको ज्ञान दिन जरुरी छ ।  

(डा. शर्मा एभरेष्ट अस्पतालमा स्त्री रोग तथा निशन्तान विशेषज्ञको रूपमा विगत ५ वर्ष देखि कार्यरत छिन्) 
 



नयाँ