arrow

फैलियो तेस्रो लहर

तीव्र बढ्यो संक्रमण : २,४४४ संक्रमित थपिँदा १० हजार पुगे सक्रिय

पीसीआर परीक्षणको १९ प्रतिशतमा संक्रमण, उपत्यकाका मात्रै १२ सय ३६ थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २७ मंगलबार
corona-2021.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमण दर पीसीआर परीक्षणबाट १८.६ , एन्टीजेनमा १०.६ र समग्रमा १६.३ प्रतिशत देखिएको छ ।

यो अवधिमा १० हजार ६४८ जनाको पीसीआर र ४ हजार ३८५ जनाको एन्टीजेन विधिबाट नमुना परीक्षण गरिएको थियो । 

पीसीआरबाट १९८१ र एन्टीजेनबाट ४६३ जनामा संक्रमण पुष्टि भएको हो । 

नयाँ थपिनेमा ९३० काठमाडौं, ८५ भक्तपुर र २२१ ललितपुरका हुन् ।

यसै समयावधिमा थप १ जनाको मृत्यु भएको छ भने, ३१३ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित सङ्ख्या समेत बढेर ९ हजार ५ सय २२ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ