arrow
ADVERTISEMENT

कोरोना संक्रमणबाट पर्वतकी एक महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २७ मंगलबार
Corona-death-covid-nepal.jpg

पोखरा । कोरोना संक्रमणबाट पर्वतकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेका पर्वत जलजला गाउँपालिका वडा नं. १ की ७० बर्षीया महिला रहेकी छन् । 

उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । 

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ४२८ जना पुगेको छ ।

११४ जना संक्रमित थपिए

प्रदेशमा केही दिनदेखि क्रमशः कोरोना संक्रमण उच्चरुपमा बृद्धि भएको छ । गण्डकीमा आजमात्रै ११४ जना संक्रमित थपिएका छन् । 

पछिल्लो २४ घण्टामा ३६४ जनामा गरिएको परीक्षणमा ११४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ५७ जना महिला र ५७ जना पुरुष छन् । 

संक्रमित हुनेमा कास्कीका ७५, बागलुङका पाँच, स्याङजाका आठ, म्याग्दीका चार, गोरखाका ६, तनहुँका सात र नवपरासी पूर्वका ९ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ८८ हजार ७६० पुगेको छ । 

गण्डकीमा गत शुक्रबार १६ जना संक्रमित भेटिएकोमा देखिएकोमा आइतबार प्रदेशका विभिन्न जिल्लामा ३८ जना संक्रमित भेटिएको थियो । 

यस्तै, सोमबार त्यो संख्या बढेर ७० पुगेको थियो भने मंगलबार प्रदेशमा ११४ जनामा संक्रमण देखिएको छ । 

गण्डकीमा पछिल्लो चौविस घण्टामा थप १६ जना संक्रमणमुक्त भएका छन । प्रदेशमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८६ हजार ९७६ पुगेको छ ।

प्रदेशमा हालसम्म तीन लाख ५७ हजार ६१८ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा ३५७ सक्रिय संक्रमित रहेका छन् ।

तीमध्ये ३३६ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ