arrow

माछापुच्छ्रे बैंकले प्रहरी वृत्तलाई दियो सडक ब्यारिगेट    

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २७ मंगलबार
machha-21213123.jpg

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सडक सुरक्षालाई मध्यनजर गर्दै महानगरीय प्रहरी वृत्त लैनचौरलाई तीन ओटा रोड ब्यारिगेट हस्तान्तरण गरेको छ । 

महानगरीय प्रहरी वृत्त लैनचौरले आयोजना गरेको एक कार्यक्रममा बैंकका बागमती प्रदेश प्रमुख निरजमान सैजूले उक्त रोड ब्यारिगेट हस्तान्तरण गरेका हुन् । 

साथै सोही कार्यक्रममा महानगरीय प्रहरी वृत्त लैनचौर सोहृखुट्टेका प्रमुख प्रहरी नायव उपरीक्षक दुर्गाप्रसाद खनालको पनि उपस्थिति थियो । बढ्दो सडक दुर्घटना र सडकमा हुने विभिन्न प्रदर्शनहरुलाई मध्यनजर गर्दै सर्वसाधारणको सुरक्षाको लागि सडक ब्यारिगेट हस्तान्तरण गरिएको हो । 
   
माछापुच्छ्रेले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६३ वटा शाखाहरु र १५७ शाखारहित बैकिङ्ग सेवा, ६ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२६ स्थानवाट १० लाख भन्दा बढी ग्राहकमा सम्पूर्ण बैंकिङ् सुविधा प्रदान गरिरहेको छ । बैंकका देशभर २०० वटा एटीएमहरु संचालनमा रहेको छन् । 



नयाँ