arrow

भुपेन्द्रलाई हटाएर वीर अस्पताल विरोधी गुणराजलाई प्रमुख प्रशासकीय अधिकृतमा ल्याइयो, कर्मचारी विरोधमा

अस्पताल बाहिरबाट आउने प्रमुखलाई नमान्ने कर्मचारीहरुको चेतावनी, आन्दोलनको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २८ बुधबार
NAMS-bir-hospital.jpg

काठमाडौं । नेपालकै सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्र बस्नेतलाई हटाइएको छ । उनको स्थानमा वीर अस्पतालका विकास विरोधी डा. गुणराज लोहनीलाई ल्याइएको छ । 

डा. बस्नेत नियुक्त भएपछि अस्पताल सुधारको मार्गमा गइरहेको अवस्थामा ऐन अनुसार  स्थापित स्वायत्त चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा प्रतिष्ठान ऐन ,नियम विपरीत स्वास्थ्यमन्त्री विरोध खतिवडाले लोहनीलाई ल्याएका हुन् । 

वीर अस्पतालको सुधारमा विगतदेखिनै मन्त्रालयमा रहेर नकारात्मक र विवादित छविका लोहनीलाई गत पुस २५ गते निर्णय गर्दै २७ गते वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरिएको हो । 

विगतमा स्वास्थ्य बिमा बोर्ड, स्वास्थ्य  सेवा विभाग, कोशी अस्पताल लगायतमा असफल र मेडिकल माफियासँग विषेश सम्बन्ध भएको आरोप लागेका डा. लोहनी पहिलैदेखि वीर अस्पताल विरोधी रबैया देखाउने गरेको भन्दै कर्मचारीहरुले उनको नियुक्तिप्रति विरोध जनाएका छन् । 

उनले न्याम्सलाई  स्वायत्त हुन नदिने, न्याम्स सेवा आयोग गठनमा अवरोध गर्ने, सर्जिकल भवन संचालनमा बजेट माग गर्दा बजेट नदिएर भुत बगंला बनाएको, दुवाकोट परियोजना अगाडि बढ्न नदिने, वीर अस्पतालका कर्मचारीको तलब भत्ता पटक पटक रोक्ने, समायोजन भएका कर्मचारीसँग आर्थिक कारोबार गरेर रमाना नदिनेजस्तो अस्पताल विरोधी कार्य गर्दै आएको आरोप लगाउँदै अस्पतालका सम्पूर्ण कर्मचारी र संघ संगठनले विरोध गरेका हुन् । 

कर्मचारीवृत्तले वीर अस्पताल बाहिरबाट आउने प्रमुखलाई  नमान्ने बताइसकेका छन् । उनीहरुले आन्दोलनको तयारी गरेकोसमेत जनाएका छन् ।

सरकारले गत जेठमा न्याम्स ऐन विपरीत कोभिड १९ युनिफाइड अस्पताल  स्थापना गरेको र न्याम्सबाट ओएनएम सर्वे भएर दरबन्दी सिर्जना हुनु पर्नेमा डा. लोहनीको स्वार्थको लागि वीर अस्पतालमा १२ औं तहकोसहित ८३७ जना गैरकानूनी दरबन्दी सिर्जना गराएको थियो । 

डा. लोहनी १२ औं तहमा बढुवा भएपछि मन्त्रालयले वीर अस्पताल पठाउन  खोजेको थियो । तर अस्पताल विरोधी छवि बनाएका र अस्पतालमा आर्थिक सङ्कट छ भन्दै वीर आउन नचाहेका डा. लोहनी अहिले आउनुमा थप आशंका उब्जिएको कर्मचारीहरुको आरोप छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ