arrow

पोखराको पुम्दीकोटमा आयोजित महायज्ञ स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २८ बुधबार
Pumdikot Pokharaa.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. २२ स्थित पुम्दीकोटमा हुने भनिएको शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव स्थगित भएको छ । महायज्ञ माघ महिनाको ८ देखि १८ गतेसम्म सञ्चालन गर्ने गरी तयारी गरिएको थियो ।

विशाल महमादेवको मुर्ति निर्माणको अभियान अन्र्तगत अधूरा कार्यपूरा गर्न पुनः शिवमहापुराण एवं धार्मिक पर्यटन महोत्सव आयोजना गर्न लागिएको थियो ।

कोरोना भाइरस संक्रमणका कारण हाललाई महायज्ञ स्थगित गरिएको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिए । अर्काे सूचना जारी नभएसम्मका लागि महायज्ञ स्थगित भएको उनले बताए ।

पुम्दीकोटमा विशाल महादेवको मुर्ति निर्माण परियोजना अघि बढाउने क्रममा करिब तीन करोड ७५ लाख रुपैयाँ ऋण लागेको र सदस्यहरुका घर जग्गा बैंकमा राखेर काम अघि बढाइएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ