arrow

ओमिक्रोनबाट सबै संक्रमित हुने, बुस्टर डोजले रोक्न नसक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २८ बुधबार
corona-virus-omicron.JPG

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट सबै जना संक्रमित हुने दाबी गरिएको छ । ओमिक्रोन र बुस्टर डोजलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) समेतले पनि चेतावनी दिएको छ । 

डब्लूएचओले कोरोना भ्याक्सिनलाई पटक पटक बुस्टर डोजका रुपमा दिनु नयाँ भेरियन्ट विरुद्ध रोक्ने रणनीति हुन नसक्नेसमेत बताएको छ । त्यसको सट्टामा नयाँ म्याक्सिन दिनुपर्नेमा उसले जोड दिएको छ । 

भारतको आईसीएमआरको नेसनल इन्स्टिच्यूट अफ इपिडिमियोलोजीको साइन्टिफिक एडभाइजरी कमिटीका अध्यक्ष डा. जयप्रकाश मुलियिलले ओमिक्रोन भेरियन्टलाई बुस्टर डोजले रोक्न नसक्ने बताए । उनले सबै संक्रमित हुने पनि बताएका छन् ।

डा. मुलियिलले ओमिक्रोन अब धेरै खतरनाक नभएकोसमेत बताएका छन् । उनले अस्पतालमा भर्ना हुनेको संख्या पनि कम रहेको बताउँदै यसलाई सजिलै नियन्त्रण गर्न सकिने बताएका छन् । 

उनले ८० प्रतिशतभन्दा बढी बिरामीलाई आफू ओमिक्रोन संक्रमित भएको थाहासमेत नहुने दाबी गरेका छन् । उनले कुनै पनि मेडिकल संस्थानले बुस्टर डोजको सल्लाह नदिएकोसमेत बताएका छन् । उनले बुस्टर भन्दा सावधानी डोजको सल्लाह दिनुपर्ने बताएका छन् । 

डब्लूएचओले कोरोना भ्याक्सिनले ओमिक्रोन संक्रमितलाई कम प्रभाव गरेकोसमेत बताएको छ । उसले कोरोना भ्याक्सिनलाई विकसित गर्नुपर्नेमासमेत जोड दिएको छ । 

विकसित भ्याक्सिन नआउँदासम्म अहिले भएको खोपलाई अपडेट गर्नुपर्नेमा पनि डब्लूएचओले जोड गरेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ