arrow

गोरखाको बुट्टारमा जीपलाइन सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २८ बुधबार
Jeepline.jpg

गोरखा । गोरखाको गण्डकी गाउँपालिका वडा नं. १ बुट्टारस्थित रिभर फन वीचले जीपलाइन सञ्चालन गरेको छ ।

छ करोड ५० लाख रुपैयाँमा सो परियोजना तयार गरिएको बताइएको छ । 

किड्स एड्भेञ्चर पार्क, पिङ, रोप कोर्ष, क्याफे सञ्चालन गरी दुवैतर्फ खाने बस्ने व्यवस्था गरिएको छ । 

परियोजनाका डिजाइनर ई. मुकेश अधिकारीका अनुसार जिपलाइन निर्माणका लागि मात्रैलाई दुई करोड ५० लाख खर्च भएको छ । 

जीपलाइनमा दुई वटा तार छन् । दुई जनासँगै खेल्न मिल्ने खालको जीपलाइन रहेको छ । 

जीपलाइन मास्टर सतिश मैनालीका अनुसार यसमा बसेर खेल्न, भिडियो खिच्न, फोटो खिच्न सकिन्छ । त्यहाँ स्काई साइक्लिङ पनि बन्दै छ ।

स्टक्चर निर्माण, स्वीइङ निर्माणको काम पनि अन्तिम चरणमा रहेको उनले जानकारी दिए । 

५८० मिटर लामो जीपलाइनको चार सय मिटर भाग त्रिशूली नदीमाथि पर्ने भएकाले झनै साहसिक र रोमाञ्चक हुने ई. अधिकारीले बताए । 

रिभर फन बीच रिसोर्ट प्रालिका प्रबन्ध निर्देशक शङ्कर अधिकारीले नदीमाथि पर्ने यो जीपलाइन विश्वकै नमुना हुने बताए । 

दुई वटा डोरीको प्रयोग गरिने हुँदा सुरक्षित रहेको उनको भनाइ छ । २०७७ फागुन ४ गते जीपलाइनको शिलान्यास गरिएको थियो ।

१८ मिटर अग्लो पाँच तले टावरको चौथो तलाबाट जीपलाइन सुरु गरिएको छ । जीपलाइन युरोपियन मापदण्डमा भारतीय कम्पनीको प्राविधिक सहयोगमा निर्माण भएको हो ।

कम्पनीले ९ वर्षदेखि रिसोर्ट र र्याफ्टिङ व्यवसाय सञ्चालन गर्दै आएको छ । आन्तरिक र बाह्य पर्यटक त्रिशूलीमा र्याफ्टीका लागि आउने गर्छन् ।

मुख्य सिजनका बेला रिसोर्ट खचाखच हुने गरेको छ । जीपलाइन पृथ्वी राजमार्ग छेउमा रहेकाले पोखरा, चितवन, बन्दीपुर, मनकामना लगायत ठाउँमा आउजाउ गर्ने पर्यटकको रोजाइमा पर्न सक्ने विश्वास छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ