arrow

कोरोना सङ्कट : संक्रमण दर २७ प्रतिशत पुग्यो, सक्रिय ११ हजार नाघे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २८ बुधबार
corona-sangita.PNG

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा पोजेटिभ देखिनेको दर २७ प्रतिशत पुगेको छ । यसका अर्थ १०० जनाको नमुना परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भइरहेको हो ।

काठमाडौंमा १ हजार १२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ जना गरी उपत्यकामा नै १५३८ जनामा संक्रमण पुष्टि भएको छ ।

९ हजार ५१ जनाको पीसीआर र ३ हजार ९ सय ८५ जनाको एन्टीजेन विधिबाट नमुना परीक्षण गरिएको थियो । जसमा पीसीआरबाट २४४८ र एन्टीजेनबाट ६२७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १३ हजार ३६ नमुना परीक्षण गरिएको बुधवारको प्रेस बिफ्रिङका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा सङ्गीता मिश्राले बताइन् ।

निको हुनेको सङ्ख्या भने २७८ रहेको छ भने २ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको सङ्ख्या ११ हजार ६ सय ९० पुगेको छ । 



नयाँ