arrow

कास्कीमा आज मात्रै ६६ जना कोरोना संक्रमित भेटिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २८ बुधबार
corona-covid-dalta-plus.jpg

पोखरा । कास्कीमा आज मात्रै ६६ जना कोरोना संक्रमित भेटिएका छन् । जसमा ३८ जना पुरुष र २८ जना महिला छन् ।

योसहित कास्कीमा सक्रिय संक्रमितको सङ्ख्या ३१० जना पुगेको छ ।

कास्कीमा हालसम्म ३७ हजार १६६ जना संक्रमित भेटिएकोमा ३६ हजार २२९ जना संक्रमित निको भएका छन् ।

कास्कीमा हालसम्म ६२७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यो सङ्ख्या प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा धेरै हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा पछिल्लो २४ घण्टामा कास्कीसहित गण्डकीमा १२१ जना संक्रमित थपिए । 

नवलपरासी पूर्वमा २१, बागलुङमा ११ जना, स्याङ्जामा आठ, तनहुँमा सात जना, म्याग्दी र मुस्ताङमा ४, ४ जना संक्रमित थपिएका छन् ।

गण्डकीमा पछिल्लो २४ घण्टामा २३ जना संक्रमित निको भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ