arrow

उपत्यकामा मात्रै एक हजार ५३८ संक्रमित, देशभरमा दुई जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २८ बुधबार
corona-new-virus.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै एक हजार ५३८ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएका नयाँ सङ्क्रमित मध्ये काठमाडौंमा एक हजार १२८, ललितपुर २३६ र र भक्तपुरमा १३४ रहेको मन्त्रालयले जनाएको छ । 

साथै पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

बुधवार दशभर थप तीन हजार ७५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या मङ्गलवार देखिएको नयाँ सङ्क्रमितभन्दा ६३१ ले बढी हो । नयाँ सङ्क्रमितमध्ये नौ हजार ५१ को पीसीआर र तीन हजार ९८५ को एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो । 

पछिल्लो २४ घण्टामा १३ हजार ३६ को नमुना परीक्षण गरिएको थियो । नौ हजार ५१ ले पीसीआर र तीन हजार ९८५ ले एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा जम्मा परीक्षणमध्ये सङ्क्रमण दर २७ प्रतिशत छ । यही अवधिमा २७८ जना कोरोनाबाट निको भएका छन् । 

कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा दुई लाख १४ हजार ५७ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार ६९० रहेको छ । 

हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा २२ र आइसियुमा ८७ जना रहेका छन् । होम आइसोलेसनमा १० हजार ९१०, संस्थागत आइसोलेसनमा ८८० र संस्थागत क्वारेनटिनमा ६९५ रहेका छन् । सरकारले खोप कार्यक्रम विस्तारमा लागेको मन्त्रालयका प्रवक्ता डा सङ्गीता मिश्राले बताइन् । 

पुस मसान्तसम्म दुई तिहाइलाई खोप लगाउने लक्ष्य लिइएकामा बागमती र गण्डकी प्रदेशमा लक्ष्यअनुसार लगाइसकिएको उनले बताइन्। 

पहिले खोप लगाइसकेका नागरिकलाई माघ महिनाको पहिलो साताबाट ‘बुस्टर’ डोज लगाउन लागिएको उनले जानकारी दिए । उनले भनिन्, “पहिले जुन खोप लगाउनुभएको हो त्यही ‘बुस्टर’ लगाउनुपर्छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ