arrow

सेलपे बन्यो नेपाल आइडलको भोटिङ पार्टनर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २८ बुधबार
cell-pay.jpg

काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकम प्रालि नेपाली टेलिभिजनको चर्चित सांगीतिक कार्यक्रम नेपाल आइडल सिजन ४ को आधिकारिक भोटिङ पार्टनर बनेको छ । यस कार्यक्रमका प्रतिभाशाली प्रतियोगीहरुलाई नेपालभित्र सेलपेबाट र विदेशबाट श्रृष्टिमार्फत भोट गर्न सकिने जनाइएको छ । 

सेलपे तथा श्रृष्टिबाट भोट गर्ने तरीका भने फरक फरक रहेको छ । सेलपेले भोटिङ गर्ने तरीका यसरी जनाएको छ । जस्ताको त्यस्तै–
सेलपेबाट भोट गर्ने तरीका
-सेलपे एप्प गुगल प्लेस्टोर वा एप्पल एप्पस्टोरबाट Download गरी Install गर्नुहोस ।
-सेलपेमा Sign up गरी KYC Fill up र्नुहोस ।
KYC Verifiy भैसकेपछि आफ्नो बैंक खाता Link अथवा Wallet लोड गरी भोट गर्न सक्नु हुनेछ ।
- सेलपेबाट Vote गर्नका लागि सेलपेमा Sign in गरी Voting Icon मा Click गर्नुहोस ।
- आफुलाई मन पर्ने Contestant को Profile मा Click गरी ईच्छाईएको भोट संख्या चयन गरी Confirm Vote  मा Click गर्नुहोस ।
- Payment Option मा आफ्नो Link गरिएको बैंक खाता वा Wallet चयन गरी Payment Confirm गरी आफ्नो ६ डिजीट पिन टाइप गर्नुहोस ।
- तपाईले गर्नु भएको भोट सफल भएपछि Voting successful भएको Notification पाउनु हुनेछ ।
- तपाईले एक एपिसोडका लागि एक भोट निःशुल्क गर्न सक्नु हुनेछ ।

श्रृष्टिबाट भोट गर्ने तरीका
- श्रृष्टि एप्प गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरबाट Download गरी Install गर्नुहोस ।
- Google वा Facebook Icon गरी Sign in गर्नुहोस ।
- Sign in गरी Home Page मा भएको Nepal Idol Season 4 Banner र्नुहोस ।
- Vote Now मा Click गरी आफुलाई मन पर्ने Contestant को Profile मा गएर ईच्छाईएको भोट संख्या चयन गरी Confirm Vote मा Click गर्नुहोस ।
- Screen मा सोधिएको आवश्यक विवरणहरु भरी Proceed मा Click गर्नुहोस ।
-तपाईले गर्नु भएको भोट सफल भए पछि Voting Successful भएको Notification पाउनु हुनेछ ।
- तपाईले Watch Ad हेरेर एक एपिसोडका लागि एक भोट निःशुल्क गर्न सक्नु हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ