arrow

लागुऔषधसहित दुई युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २८ बुधबार
pakrau9.jpg

पोखरा । प्रहरीले ठूलो मात्रामा लागु औषधसहित दुई युवकलाई पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्यूरो शाखा पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले दुई युवालाई पक्राउ गरेको हो ।

कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीका अनुसार उनीहरु पोखरा महानगरपालिका वडा नं. २२ स्थित सिद्धार्थ राजमार्गबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारत विहार पश्चिम चम्पारण सरगटियाका २१ वर्षीय धर्मेन्द्र कुमार र रूपन्देहीको मर्चवारी गाउँपालिका वडा नं. ५ मजगावाका २० वर्षीय अविनाश यादव रहेका छन् ।

उनीहरुको साथबाट डाईजापाम-१७१ एम्पुल, फेनेरागन-१७१ एम्पुल र नुर्फिन-१७१ एम्पुल गरी जम्मा ५१३ एम्पुल लागु औषधसहित मोवाइल दुई थान र मोटरसाइकल बरामद भएको डिएसपी तिवारीले जानकारी दिए ।

उनीहरुलाई अदालतबाट अनुमति लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको तिवारीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ