- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले एम्वुलेन्स सेवा शुरु गरेको छ । एम्बुलेन्स सेवाको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष गीरबहादुर थापाले आफ्नो स्थानीय तहले संचालनमा ल्याएको एम्बुलेन्स सेवाले अब आँबुखैरेनी मात्र नभई तनहुँ, गोरखा र चितवनका नागरिकहरु लाभान्वित हुने बताए ।
स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले एम्वुलेन्स नहुँदा जनताले दुःख पाउनु परेको भन्दै अब ती दुःख अन्त्य भएको बताए ।
उनले महामारीको रूपमा फैलिएको कोरोनासँग जुध्दै चुस्त स्वास्थ्य सेवा प्रदान गर्नका लागि पनि एम्बुलेन्स सेवा उपयुक्त हुने विश्वास व्यक्त गरे ।