- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले कोभिड १९ को सम्भावित तेस्रो लहरको लागि तयारी अवस्थामा रहन सरोकारबालाहरुलाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री निवासमा मधेश भवनमा बिहीबार सम्पन्न प्रदेश कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (पीसीसीएमसी)को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सो निर्देशन दिएका हुन् ।
छिमेकी मुलुक भारत लगायतको देशमा बढ्दै गएको ओमिक्रोन भेरियन्टबाट प्रदेश २ पनि प्रभावित हुन सक्ने सम्भावना रहेको भन्दै मुख्यमन्त्री राउतले उक्त भेरियन्टसँग लड्न तैयारी अवस्था रहनु बाहेकको विकल्प आफूहरूसँग नरहेको जानकारी दिए।
बैठकका सहभागीहरूले प्रदेश भरि रहेको सरकारी अस्पतालको अवस्था, कोभिड १९ सँग लड्न आवश्यक उपकरण, किट लगायतको सामग्रीहरूको उपलब्धता तथा अगामी दिनमा व्यवस्था गर्नु पर्ने सामग्रीहरू बारे ब्रिफिङ गरेका हुन् ।
मुख्यमन्त्री राउतको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठकमा प्रदेश सरकारका मन्त्रीहरूका साथै सुरक्षा निकायका प्रमुखहरू, स्वास्थ्यसँग सम्बन्धित निकायहरूका प्रमुखहरू, विज्ञहरू सहितको उपस्थिति रहेको थियो ।