arrow

पूर्व सैनिकको हत्या गरेको भन्दै तालिबानविरुद्ध महिलाहरू आन्दोलित

logo
एजेन्सी,
प्रकाशित २०७८ पुष २९ बिहिबार
afgan.png.png
फाइल तस्बिर

काबुल। अफगानिस्तानको राजधानीमा महिलाहरूले जुलुस निकालेका छन्। तालिबान अधिकारीहरूले पूर्व अमेरिकी समर्थित शासनको सेवा गर्ने सैनिकहरूको गोप्य रूपमा हत्या गरेको भन्दै आतङ्कवादी तालिबानविरुद्ध महिलाहरूले जुलुस निकाल्दै विरोध गरेका हुन्।

काबुलको केन्द्रमा रहेको मस्जिद नजिकै जम्मा भएका करिब ३० जना महिलाहरूले न्याय, न्याय भन्ने नारा लगाउँदै जुलुस निकालेका थिए। पछि उनीहरूलाई तालिबान सेनाले रोकेको थियो।

सामाजिक सञ्जालमा जुलुसमा सहभागी हुन सूचना दिइएको आधारमा ती महिलाहरू भेला भएका थिए। तालिबानले पत्रकारहरूलाई, युवा मानिसहरू, विशेष गरी देशका पूर्व सैनिकहरूको रहस्यमय रूपमा हत्या गरिरहेको र त्यसलाई रोक्नुपर्ने र हत्या गरिएका सैनिकका परिवारलाई न्याय दिनुपर्ने माग उनीहरूले गरेका थिए। 

तालिबान लडाकुहरूले पत्रकारहरूको समूहलाई छोटो समयका लागि हिरासतमा लिएको र केही फोटोग्राफरहरूबाट उपकरणहरू जफत गर्नुका साथै उनीहरूलाई फिर्ता गर्नु अघि उनीहरूको क्यामेराबाट फोटोहरू डिलिट गरिएकोसमेत बताइएको छ। 

कट्टरपन्थीहरू अगस्त १५ मा अफगानिस्तानमा कब्जा गरेका थिए। उनीहरूले इस्लामको कठोर ब्रान्ड विरुद्ध प्रदर्शनहरू रोक्न बारम्बार हस्तक्षेप गर्छन्।

संयुक्त राष्ट्र सङ्घ, एमनेस्टी इन्टरनेशनल र ह्युमन राइट्स वाचले तालिबानले अफगानिस्तान आफ्नो कब्जामा लिएपछि सयभन्दा बढी गैर न्यायिक हत्या गरेको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ