arrow

अफगानिस्तानमा मानवीय स्थिति बिग्रिँदै, सहयोगको आग्रह

logo
सिन्ह्वा,
प्रकाशित २०७८ पुष ३० शुक्रबार
antonio_guterres-us-general-secretary.jpg

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले अफगानिस्तानका थप नागरिकलाई समस्याबाट बचाउन आग्रह गरेका छन् ।दशौँ लाख जना अफगानी नागरिकलाई बचाउनका लागि अब विश्व समुदायले तत्कालै प्रभावकारी कदम चाल्नुपर्ने उनले बताएका छन् ।

उनले भनेका छन्–अफगानिस्तानमा चिन्ताजनक रूपमा राजनीतिक, आर्थिक, सुरक्षा र मानवीय चुनौती थपिँदै गएकाले थप मानवीय सहयोगको निम्ति मेरो आग्रह छ । हाम्रा प्रयासहरूबाट मात्र हामीले अब यहाँका लाखौँलाख नागरिकलाई बचाउन सक्छौँ भन्दै उनले यसका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका हुन् ।

संयुक्त राष्ट्रसङ्घ अफगानिस्तानका जनताका लागि उद्धार गर्न प्रतिबद्ध छ । तर पनि पछिल्लो समयमा यहाँका नागरिकमा मानवीय सहयताको आवश्यकता बढी परेको छ उनले भनेका छन् । उनले हाल अफगानी जनता चरम गरिबीतर्फ उन्मूलन भएका र रोजगारीको सुनिश्चितताको लागि, स्वास्थ्य र शिक्षा सेवा पुनः स्थापनाका कार्यक्रम सञ्चालन होस् भन्ने चाहेको पनि बताएका छन् ।

विद्रोही तालिबानले काबुल कब्जामा लिएर नयाँ सरकार घोषणा गरेपछि पछिल्लो समय संयुक्त राष्ट्रसङ्घका थुप्रै एजेन्सी अफगानिस्तानमा बिग्रिँदै गएको मानवीय स्थितिको बारेमा चिन्तित छन् ।

 संयुक्त राष्ट्रसङ्घीय शरणार्थीका लागि उच्चायुक्तको कार्यालयले पनि अफगानिस्तानको मानवीय स्थिति हाल निकै नै निराशाजनक बन्दै गएको र खाना, औषधि, आश्रय र अन्य आधारभूत आवश्यकताको व्यवस्थापन नै चुनौतीपूर्ण बन्दै गएको बताएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ