arrow

माछापुच्छ्रेका ग्राहकलाई  मी साओमी र पोको फोन शून्य प्रतिशत ईएमआईमा  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३० शुक्रबार
macha-xao.jpg

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहकले मी साओमी र पोको ब्रान्डको मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरु शून्य प्रतिशत ईएमआईमा पाउने भएका छन् । 

ग्राहकको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंक  र चास्तल इम्पेक्स प्रालिबीच सम्झौता भएको हो । बैंकको इन्स्टापे सुविधामार्फत मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरु खरिद गर्दा विशेष सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको हो । 

उक्त सम्झौतापत्रमा भास्तलका तर्फबाट निर्देशक नितेशकुमार मुन्द्र तथा माछापुच्छ्रे बैेंकको तर्फबाट नायब प्रमुख डिजिटल बैंकिङ्क विनय रेग्मीले हस्ताक्षर गरेका थिए । 

सम्झौतापछि बैंकका ग्राहकले  ६ देखि  ९ महिनासम्मका लागि शून्य प्रतिशत ईएमआईमा इन्स्टापेमार्फत पन्ध्र हजार रुपैयाँदेखि मी साओमी र पोको ब्राण्डको मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरु गरिद गर्न सक्नेछन् । 

उक्त सुविधा बैंकको क्रेडिट कार्ड तथा इन्स्टापेबाट पाउन सक्ने बैंकले जनाएको छ । यो सुविधा हाललाई भिस्तालको काठमाडौंस्थित शोरुमार्फत प्रदान गरिने पनि जनाइएको छ । 

माछापुच्छे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६३ बटा शाखाहरु र १५७ शाखारहित बैकिङ्ग सेवा, ६ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२६ स्थानवाट १० लाख भन्दा बढी ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०० बटा एटीएमहरु संचालनमा रहेको छन् ।
    



नयाँ