arrow

बतासको मानमर्दन भएको भन्दै महासंघको गम्भीर ध्यानाकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३० शुक्रबार
FNCCI-Logo-2073.jpeg

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत भन्दा बढी हिस्सा राख्ने निजी क्षेत्रमाथि एकतर्फीरुपमा चरित्र हत्या र मानमर्दन भइरहेको भन्दै चिन्ता व्यक्त गरेको छ । पछिल्लो समय नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया संचालन सम्बन्धी विवादमा बतास अर्गनाइजेसनमाथि भइरहेको एकतर्फी प्रहारप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

बतास अर्गनाइजेसनले सरकारले आह्वान गरेको टेन्डरमा कानूनी रुपमा सहभागी भई आवश्यक भाडा बुझाउने शर्तमा क्याप्mटेरिया संचालनको अनुमति पाएको भन्दै महासंघले सरकारी निकायले अनुमति दिएकोमा स्वभाविक रूपमा निजी क्षेत्रले व्यवसाय गर्न खोज्नु कुनै गैर कानूनी र आपराधिक गतिविधि नभएकोतर्फ महासंघ सबैको ध्यानाकर्षण गराउन चाहेको जनाएको छ । 
  
प्रेस विज्ञप्ति जारी गर्दैै महासंघले भनेको छ, ‘प्रक्रिया र कानून विपरीत भएका गतिविधिमाथि राज्यले अंकुश लगाउने र कारबाही गर्ने कुरालाई महासंघले कहिल्यै पनि अन्यथा लिंदैन तर त्यसको सत्यतथ्य खोजी हुनुुपर्छ भन्ने हाम्रो मान्यता छ । संचारमाध्यममा आएका समाचारकै भरमा स्पष्टीकरणको मौकासमेत नदिई निर्माणाधीन संरचना भत्काइनु कदापि न्यायसंगत होइन ।’
 
उसले अगाडि भनेको छ, ‘सरकारी स्रोतमा व्यवसाय गर्न अनुमति दिइसकेको सन्दर्भमा एकतर्फीरुपमा व्यवसायीलाई मात्र दोष दिएर निजी क्षेत्रको मनोबल गिराउन भइरहेका गतिविधिले मुलुकमा लगानी नहुने र यसले रोजगारीमा समेत गम्भीर असर पर्न जाने हाम्रो चिन्ता छ ।’
 
महासंघले ‘महासंघ मर्यादित र विधिसम्मत व्यवसायको पक्षधर हो’ भन्दै अगाडि भनेको छ, ‘विधिसम्मत पेशा व्यवसाय गर्न पाउने आम नागरिकको संवैधानिक अधिकारमाथि प्रहार हुन नदिने विषयमा पनि महासंघ प्रष्ट छ । अतः व्यवसायीमाथि एकतर्फीरुपमा बिना कुनै प्रमाण कहिं कतैबाट पनि प्रहार नगर्न नगराउन महासंघ सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहन्छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ