arrow

५०८७ संक्रमित थपिए, सक्रिय १८ हजार नाघे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३० शुक्रबार
recovery-india-corona.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ हजार ८७ जना नयाँ कोभिड१९ संक्रमित थपिएका छन् । संक्रमणदर पीसीआर परीक्षणमा  ३१.२१ प्रतिशत पुग्दा समग्रमा २४.७ प्रतिशत पुगेको छ ।

१३ हजार ४ सय ७४ पीसीआर र ७ हजार ८६ एन्टीजेन गरी २० हजार ५ सय ६० नमुना परीक्षण गरिदा ५ हजार बढी संक्रमित थपिएका हुन् ।

काठमाडौंमा मात्रै १ हजार ९ सय १३, भक्तपुरमा ३ सय १७ र ललिपुरमा ३ सय ७७ नयाँ संक्रमित थपिएका छन् ।

यस समयावधिमा ३ सय ६ जना कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् भने, थप ३ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा ८ लाख ४५ हजार ५ सय १ जनामा पीसीआर र १ लाख १ सय ८ जनामा एन्टीजेनविधिबाट संक्रमण पुष्टि भएको छ । ८ लाख १५ हजार ६ सय ५३ जना संक्रमणमुक्त भइसकेका छन्, भने ११ हजार ६ सय १३ जनाको मृत्यु भएको छ ।

हाल सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ३५ पुगेको छ ।

हालसम्म नेपालमा ४ करोड ३ लाख ८८ हजार ८ सय ४० डोज खोप भित्रिएको छ भने यसमध्ये २ करोड ७४ लाख ७५ हजार ९ सय ९५ डोज खोप लागेको छ ।

१ करोड १८ लाख ६९ हजार ९ सय ७४ जनाले एक डोज खोप लगाएका छन्, भने १ करोड ५६ लाख ६ हजार ८० डोज एक मात्रा खोप लागेको छ ।



नयाँ