arrow

पाँच हजार ८७ संक्रमित थपिए, पीसीआर परीक्षणको ३१ प्रतिशत बढीमा संक्रमण 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३० शुक्रबार
corona-omicron-nepal.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीबाट एकैदिन पाँच हजार ८७ संक्रमित थपिएका छन् । २० हजार ५६० जनाको परीक्षण गर्दा समग्रमा २४.७४ प्रतिशत संक्रमित पाइएका हुन् । 

जसमा १३ हजार ४७४जनाको पीसीआर परीक्षण गर्दा ४ हजार २०४ अर्थात् ३१.२१ प्रतिशत संक्रमित पाइएका हुन् । त्यस्तै ७ हजार ८६ एन्टिजेन परीक्षणबाट ८८३ अर्थात् १२.४६ प्रतिशत संक्रमित पाइएका हुन् । 

काठमाडौंमा मात्रै १ हजार ९ सय १३, भक्तपुरमा ३ सय १७ र ललिपुरमा ३ सय ७७ नयाँ संक्रमित थपिएका छन् । यस समयावधिमा ३ सय ६ जना कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् भने, थप ३ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा ८ लाख ४५ हजार ५ सय १ जनामा पीसीआर र १ लाख १ सय ८ जनामा एन्टीजेन विधिबाट संक्रमण पुष्टि भएको छ । ८ लाख १५ हजार ६ सय ५३ जना संक्रमणमुक्त भइसकेका छन्, भने ११ हजार ६ सय १३ जनाको मृत्यु भएको छ ।

हाल सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ३५ पुगेको छ ।

हालसम्म नेपालमा ४ करोड ३ लाख ८८ हजार ८ सय ४० डोज खोप भित्रिएको छ भने यसमध्ये २ करोड ७४ लाख ७५ हजार ९ सय ९५ डोज खोप लागेको छ ।

१ करोड १८ लाख ६९ हजार ९ सय ७४ जनाले एक डोज खोप लगाएका छन्, भने १ करोड ५६ लाख ६ हजार ८० डोज एक मात्रा खोप लागेको छ ।



नयाँ