- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कोरोना भाइरसको महामारी काठमाडौं उपत्यकामा उत्कर्षमा पुगेको छ । शुक्रबार देशभर पाँच हजार ८७ संक्रमित थपिएकामा पीसीआर परीक्षणबाट मात्रै ४ हजार २०४ जना हुन् । जसमा काठमाडौं उपत्यकाका मात्रै २ हजार ६०७ जना थपिएका छन् ।
यो संख्या तेस्रो लहर शुरु भएपछिको सबैभन्दा बढी हो । जसमा काठमाडौंका एक हजार ९१३, भक्तपुरका ३१७ र ललितपुरका ३७७ जना हुन् ।
त्यस्तै देशभर हाल सक्रिय संक्रमितको संख्या १८ हजार २३५ रहेको छ । जसमा उपत्यकाका मात्रै १० हजार ८११ जना हुन् ।
काठमाडौंका ७ हजार ६२५, ललितपुरका १ हजार ९३५ तथा भक्तपुरका १ हजार २५१ जना सक्रिय संक्रमित रहेका छन् ।
अहिलेसम्म देशभर ११ हजार ६१३ जनाको मृत्यु भएकामा काठमाडौंका मात्रै २ हजार २४३ जना हुन् । त्यस्तै ललितपुरका ७११ तथा भक्तपुरका ४२८ जना हुन् ।